देशको खबर

लोकप्रिय गायक टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त

काठमाडौँ ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । . . .


छ वर्षमा हुलाकी राजमार्ग ३२ किमी कालोपत्रे

कञ्चनपुर कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा. . .


चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौँ आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत अ�. . .


स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला

काठमाडौँ नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमि�. . .


निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक

बाँके बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ । ठेकेदार कम्पनीले क�. . .


गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

भैरहवा गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानक�. . .


नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

काठमाडौँ नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका ला�. . .


दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

दार्चुला दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहे. . .


अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

काठमाडौँ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ । मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका न. . .


पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमा

बनेपा काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन् । साउन १ गतेदेखि बिना कारण बन्द भएको कलेज अहिलेसम्म पनि सञ्चालन नभएपछि आफूहरुको भविष्य अन्योलमा पर्ने. . .


लायन्स क्लब अफ विराटनगर ‘इन्भिजन’की चार्टर प्रेसिडेन्ट सम्मानित

विराटनगर आकृति रानी फुयल लायन्स क्लब अफ विराटनगर 'इन्भिजन' की चार्टर प्रेसिडेन्ट अञ्जना कट्टेल सुवेदी वेलायतको लन्डनस्थित वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धताको प्रमाणपत्रबाट सम्मानित भएकी छिन् । मकालु टेलिभिजनकी निर्देशक समेत रहेकि उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री . . .


केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

काठमाडौँ मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने कैदीबन्दीलाई . . .