देशको खबर

इष्टर्न हाईड्रोपावरको आइपिओ खुला

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ ) खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बा�. . .


नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुग्नुभयो

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो । राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघा. . .


पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

गण्डकी । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा. . .


कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ । तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वज�. . .


नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा छ प्रदेश सहभागी

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन् । महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ । छ. . .


आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ न�. . .


पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल

काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ । नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर का�. . .


लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ

लुम्बिनी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो । म�. . .


‘अब ठूलो पानी पर्दैन’

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .


कोप–२७ : अनुकूलन र जलवायु वित्तीय सहयोग नेपालको प्राथमिकता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन, हानीनोक्सानी, जलवायु वित्तीय सहयोगलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले समग�. . .


नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागे�. . .


पछिल्लो २४ घण्टामा देशभर ५१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ८६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप ७३ हजार ८ सय ८० जनाले लगाएका छन् । �. . .