देशको खबर

संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३�. . .


हट्दैछ सुरक्षित गर्भपतनको भ्रम

रोल्पा । मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुनुहुन्छ । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्नुहुन्थ्यो । सुरक्षित गर्भपतनको विषय मुलसरीका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने . . .


चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक क�. . .


प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) . . .


सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताउनुभयो । “ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए÷नभएको थाहा छै�. . .


एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ �. . .


प्रम देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्य�. . .


नेप्से परिसूचकको पहिरो जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि�. . .


राष्ट्रियसभा बैठक : परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव

काठमाडौं । ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएप. . .


पाल्पा–बुटवल सडकखण्ड : टिपर चलाउन रोक

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मा�. . .


खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी �. . .


मतदाता नामावली सङ्कलन

बैतडी । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएको छ । नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन स्थानबाट सुरु भएको जिलला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय,. . .