देशको खबर

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो �. . .


माओवादी केन्द्रको ‘भोट फर प्रचण्ड’ र्‍याप गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ र्‍याप गीत सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ आज सार्वजनिक गरिएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतम�. . .


निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने . . .


हालोविनको रात सिकागोमा चौध जनाको हत्या

अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण. . .


प्रमुख आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा �. . .


कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

काठमाडौं । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको ह�. . .


निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौं । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्व. . .


तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फू. . .


आज कुष्माण्डा नवमी पर्व

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तर�. . .


मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर

अन्नपूर्ण (कास्की) । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो । यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल खेल्यो । उसले दुई खेल जितेर चारवटा हा¥यो । आइसिसीको . . .


पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

लेखनाथ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन �. . .


एमालेको घोषणा : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार

काठमाडौं । नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार तोकेको छ । प्रत्येक दुई–दुई वर्षमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्दै आएको छ । प्रतिनिधिसभा �. . .