देशको खबर

नेपाल टेलिकमद्वारा एसइई अफर सार्वजनिक

नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० �. . .


पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताउनुभयो । उहाँ. . .


तुइन प्रकरण ः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

दार्चुला सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपा�. . .


पत्रकार आचारसंहितासम्बन्धी तीनदिने तालिम सम्पन्न

काठमाडौँ वाग्मती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो । तालिममा व. . .


गलत प्रथाविरुद्ध कैलालीका किशोरी जाग्दै

टिकापुर कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता प्रथाको विरोध गर्न थालेका छन् । किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्क. . .


जुरे पहिरोपीडितले सात वर्षमा पनि पाएनन् राहत

सिन्धुपाल्चोक हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । सात वर्षअघि साउन १७ गते जुरे माथिबाट पहाड खस्दा जुरेका सिङगो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरोपीडितले अहिलेसम्म पनि न्याय र राहत पाएका छैनन् । पीडा भुल्न न�. . .


सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो

मनाङ मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स. . .


नेपालद्वारा एक अर्ब ६५ करोड बराबरको डाइपर आयात

काठमाडौँ गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । \ विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट रु एक अर्ब ५० करोड मूल्य बराबरका करिब १० करोड थान डाइपर आया�. . .


नेपालकै पहिलो नेबिको बिस्कुट कम्पनीमा आगलागी,आगो नियन्त्रणमा आउँदै

काठमाडौँ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो । नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालि�. . .


जापानबाट एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौँ जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाँै आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाल. . .


कर्णाली नदी कटान तीव्र: कटान रोक्न सामूहिक प्रयास जारि

टीकापुर कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्�. . .


पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

कंचनपुर सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाका सम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७-७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हु. . .