देशको खबर

निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आ. . .


साफ च्याम्पियनसीप : नेपालले भूटानलाई ७–० गोलअन्तरले हरायो

काठमाडौं । पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल ग¥यो भने खेलको दोस्रो हाफमा. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव �. . .


अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक ग�. . .


एउटै मितिमा भिड्दै फिल्म

काठमाडौं । यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ : द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स . . .


निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको �. . .


सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गर्नुभयो । विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उहाँ�. . .


दल र उम्मेदवारको चुनावी खर्चको आयोगले लेखापरीक्षण गर्ने

काठमाडौं । आगामी मङ्सिर ४ मा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूको खर्चको निर्वाचन आयोगले लेखापरीक्षण गर्ने भएको छ । दल तथा उम्मेदवारको खर्च पारदर्शी बनाउने र फजुल खर्चलाई घटाउने उद्देश्यले गरिन लागिएको लेखापरीक्षणका लागि मतदान सम्पन्न भएको १�. . .


एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । उहाँले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गर्नुभयो । “मु�. . .


एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यो निर्णय मंसिर १५ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख �. . .


सरकारलाई आयोगको सातबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले केन्द्रीय सरकार, प्र. . .


एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

काठमाडौं । निर्वाचन आयोगले एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आज उक्त निर्णय गरेको हो । आयोगको निर्णयानुसार उक्त मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प. . .