देशको खबर

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार

काठमाडौं । आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् । मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरुको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।सोही कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूल�. . .


विराटनगरका अनुभव बस्नेत, अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा

विराटनगर । दुईदिनपछि अगस्ट २८ देखि ३० सम्म भारतको गुहाटीमा चल्ने ‘रोबो वार्स’ इभेन्टमा विराटनगरका २० वर्षीय अनुभव बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । बस्नेत अन्तराष्ट्रिय प्रतिस्पर्धामा १५ केजी तौल समूहबाट सामेल हुने भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालको आईटीका विद्यार्थी उनी विराटनगर नर्�. . .


उखु किसानको आन्दोलनमा समर्थन पुगेका नेताले भने : ‘किसानलाई ठूलो अन्याय भयो’

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् । मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा सहभागि �. . .


कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवस�. . .


तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नु�. . .


तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ ःमुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिएका छन् । मंलबार शुभकामना सन्देश दिँदै उनले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक र. . .


आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभ�. . .


नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश ह�. . .


थुनामुक्तको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बिगो बमोजिमको धरोटी राखेर थुनामुक्त हुने माग राखेर उच्च अदालतमा निवेदन दिएका छन् । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गरेका रवि उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशमा पुर्पक्षका लागि थुनामा छन् । सर्वोच्च अदालतबाट ज�. . .


यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान

काठमाडौं । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् । प्रत्येक वर्षझैं यस वर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुर�. . .


ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्�. . .


जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन. . .