देशको खबर

अधिकांश अस्पताल आइतबार पनि सञ्चालनमा आउने

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको �. . .


स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थप्नुभयो, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ य�. . .


जुम्लाको आठ स्थानीयमा काँग्रेस र माओवादीको नेतृत्व

जुम्ला । जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गरे भ�. . .


कैलालीमा सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा

कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चल�. . .


अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्ष�. . .


भरतपुरमा रेनु दाहाललाई ५ हजार १ सय ३३ मतको अग्रता

विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । दाहालले ५ हजार १ सय ३३ मतको अग्रता लिएकी हुन् । उनले २७ हजार ४ सय १२ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका विजय सुवेदीले २२ हजार​ २ सय ७९ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ �. . .


हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज प्रद�. . .


पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय ७४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार २३ जनाले खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्रिय �. . .


अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीब�. . .


सालको काठ सहित चार जना पक्राउ

तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका-६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, स. . .


निर्यातमा वृद्धि, आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप : सांसद पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताउनुभयो । उहाँले केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्ने बित्तिकै रोजगारीको वृद्धि गर्ने र कृषि क्षेत्रमा नयाँपन दिन सकिने स्पष�. . .


सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

तनहुँ । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको �. . .