देशको खबर

वाम एकतामा आउन ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिनुभयो । अध्य�. . .


सप्तरीमा आगलागीबाट तीन जना घाइते

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन् । आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइत. . .


सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले ज�. . .


पछिल्लो २४ घण्टामा थप २ सय ५ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ५ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख ८२ हजार ९ सय ८९ जनाले खोप लगाएका छन् । हाल देशभर को�. . .


मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र �. . .


चिकित्सा शिक्षाको शुल्क वृद्धि: उपत्यकाभित्र ४१ लाख, उपत्यकाबाहिर ४५ लाख

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८-७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले स्नात. . .


घरभित्रै जलेको शव भेटियो

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ । आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभय�. . .


नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

काठमाडौं । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सु�. . .


नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आ�. . .


डा भट्टराईद्वारा कारबाही खारेजीको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर . . .


छैसठ्ठी लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौं । बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको नामको बैङ्क खाताको चेकबाट रकम भ�. . .


सात राजदूतको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ लिने राजदूतहर. . .