देशको खबर

सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार

काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो। इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युन. . .


थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद�. . .


आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आजदेखि रिभर फल्सको आइपिओ खुला

सङ्खुवासभा । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यको रु.सात करोड बराबरको सात लाख कित्ता श. . .


देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभर. . .


दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी । दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम�. . .


अवैध लागुऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थ. . .


छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान

व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको �. . .


सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

विराटनगर । सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १३ सय ६�. . .


बाँकेमा मकै तथा तरकारी खेतीको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँके । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै ग�. . .


माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी हुनुहुन्छ । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उहाँले भन्नुभयो“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट�. . .


‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भा�. . .


कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट १९ दशमलव. . .