‘सानो उमेरमा पत्रकारितामा पौडेलको ठूलो योगदान’

<span class='c1'>‘सानो उमेरमा पत्रकारितामा</span> <span class='c2'>पौडेलको ठूलो योगदान’</span>

कास्की । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ ।

पौडेलको निधन भएको आज आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गर्नुभएको योगदानबारे चर्चा गरियो । पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताउनुभयो ।

विशेषगरी गण्डकी प्रदेशमा जनपक्षीय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताउनुभयो । बरालले भन्नुभयो, “पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सधँै स्मरण हुने काम गरेर जानुभएको छ ।” पौडेलले कक्षा १० मा पढ्दादेखि नै पत्रकारिता क्षेत्रमा रुची राख्नुभएको र मेहिनत गरेर स्थापित बनेको बरालको स्मरण छ ।

स्व पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव हुनुभयो । सोही बेला नै महासङ्घको सुविधा सम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमानै प्रदेश समितिको पक्की कार्यालय भवन बनाउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताउनुभयो । उहाँले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिनुभयो ।

विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्मनुभएका पौडेलको बाल्यकाल पोखरामा नै व्यतित भएको थियो । पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उहाँ स्वाभिमान साप्ताहिक पत्रिकामार्फत सानो उमेरमा नै पत्रकारितामा प्रवेश गर्नुभएको हो । काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोचमा दुर्घटना हुँदा पत्रकार पौडेलसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्