देशको खबर

कलाकार नेपालीको निधन

काठमाडौं । कलाकार सुमनकुमार नेपालीको निधन भएको छ । महोत्तरी जलेश्वर नगरपालिका–५ पहाडी टोल निवासी कलाकार नेपालीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो । पथरीको समस्याबाट पीडित रचनाकार तथा सङ्गीतकारसमेत रहनुभएका कलाकार नेपालीले राष्ट्रिय गीत, आधुनिक र भजन गीतमा स्वर दिनुभए. . .


नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.�. . .


कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थ�. . .


पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ९५ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ९ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २६४जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा. . .


श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका

काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्�. . .


स्रोत नखुलेको १५ लाख नगद सहित एकजना पक्राउ

रूपन्देही । सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्. . .


जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका-२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले �. . .


नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निज�. . .


विप्लव र प्रकाण्डसहितका नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको छ। ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी ज�. . .


मन्त्रिपरिषद्को बैठक आज बस्दै, आमनिर्वाचनको मिति तोकिन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्�. . .


थामिँदै पराकम्प, बढ्दै भूकम्प

काठमाडौं । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । यसअघि करिब दुई व�. . .


यो वर्ष हालसम्म विपद्का विभिन्न घटनामा परी १३९ जनाको मृत्यु

यो वर्ष हालसम्म विपद्का विभिन्न घटनामा परी १३९ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । ३४८ जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपद्का घटनामध्ये चट्याङबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । गएको वैशाख १ देख�. . .