देशको खबर

नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग

काठमाडौं । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदा�. . .


दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाच. . .


दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

काठमाडौं ।सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्�. . .


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्�. . .


‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ । मन्त्री . . .


पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ । फोटो:. . .


जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका न. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमल�. . .


नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षता. . .


अमेरिकी राजदूत भन्नुहुन्छ “नेपाललाई कहिल्यै बिर्सन सक्दिन”

भक्तपुर । कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना इँटाले बनेको चारतले ठूलो विशाल भवन देखिन्छन्। भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै लह. . .


महिला बास्केटबल टोलीको बिदाइ

काठमाडौं । माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम. . .


प्राधिकरणले चार महिनामा कमायो सात अर्ब २० करोड, भदौमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्. . .