देशको खबर

नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको छ । नेप्से ओ�. . .


पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार  ७८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४१ हजार ४ सय ७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल . . .


बागमती प्रदेश सरकारद्वारा चार अध्यादेश जारी

काठमाण्डौं । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । विवादित बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संशोधन गरिएको अध्यादेश जारी भएको छ । चारै अध्यादेश चैत २४ मै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणिकण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार चैत २२ गते बागमती प्रदे. . .


‘मुलुकको अर्थतन्त्र जोखिममा छैन’

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ । अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (�. . .


महानगर र उपमहागरको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्छ : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबिच भएको बताएका छन् । काँग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रब�. . .


तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरण�. . .


पर्सामा भारतसँग सिमाना जोडिएको क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

पर्सा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । विशे�. . .


राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध�. . .


सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौँ । सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्परा�. . .


हरसिद्धि जात्रा सुरु

ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा ९भेडा०को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरस�. . .


अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

जनकपुर । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन. . .


सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद ,काठसहित चार पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले स. . .