देशको खबर

मध्यम र लामो दूरीको बस सञ्चालन गर्ने गरि तयारी

झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा �. . .


चन्द्रागिरि केबलकार विहिबारदेखि चल्ने

विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्व�. . .


महामन्त्री डा कोइरालाको आइसियुमा राखेर उपचार

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । उहाँ�. . .


वाग्मती सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेक. . .


कक्षा १२ को परीक्षा : चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० �. . .


नेपाली फुटबल खेलाडी परियार भारतीय क्लबमा अनुबन्ध

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन. . .


आगामी तीन दिन वर्षाको सम्भावना

आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अ. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४०

१. ‘बिचित्र गुफा’ नेपालको कुन जिल्लामा पर्दछ ? ~ गुल्मी २. नेपालमा ८५०० मि. अग्लो हिमालहरु कतिवटा छन् ? ~ ३ वटा [सगरमाथा – ८८४८ मि, कंचनजंघा – ८५८६ मि र लोत्से – ८५१६ मि] ३. खानेपानी तथा ढल व्यवस्थापन बिभागमा पहिलो पटक महिला महानिर्देशकको रुपमा को नियुक्त हुनुभयो ? ~ मिना श्रेष्ठ [बि.स. २०७७ भाद्र २७ गते] ४. ‘पा�. . .


श्राद्धमा खाँदा फुड प्वाइजनिङ भएर एकको मृत्यु, १५ बिरामी

कैलालीमा श्राद्धको खाना खाएर एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उ�. . .


सौराहाका होटल बिहीबारदेखि खुल्ने

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन । गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल स. . .


गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगलाई कारवाही

औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ । विभागका महान�. . .


स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभयो । यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ द�. . .