देशको खबर

दुई वर्षमा बन्यो एक सय मिटर सडक

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएक�. . .


एक सय ७० लिटर घरेलु मदिरा नष्ट

डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानब�. . .


बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी क�. . .


माओवादी केन्द्रले तय गर्‍यो राष्ट्रियसभाका उम्मेदवार

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत. . .


हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नस. . .


कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो । बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया श�. . .


सात लाख तिरेर हेलिकोप्टरमार्फत बिरामीको उद्धार

सिमकोट । केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उ. . .


डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

स्याङ्जा । स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भ. . .


शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो । शीतलहरले गर्दा स्वास्थ्यमा प्रत. . .


एमालेले राष्ट्रिय सभामा नेता गुरु बराललाई उम्मेद्वार बनाउने

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश एकको खुल्ला तर्फ पुराना नेता तथा विराटनगर निवासी गुरु बराललाई उठाउने भएको छ । यसअघि आजै सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये प्रदेश एकबाट देवराज घिमिरेको ठाउँमा स्थायी कमिटि सदस्य समेत रहनु भएको बराललाई उम्मेद्वार बनाउने भएको हो । एमाल. . .


देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्द�. . .


जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

चितवन । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा फुटब. . .