देशको खबर

दुई कर्मचारीमा कोरोना, चितवनको रक्तसञ्चार केन्द्र ‘सिल’

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । केन्द्रलाई पूर्णरुपमा निर्मली. . .


सूचक हेर्दा नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश हुने खतरा

सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा. . .


कोरोना कहरले नछोएको भेडीगोठ जीवन: आलेख

अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बस्नुभएको छ । धवलागिरि आधार शिविर नजि�. . .


झलनाथ खनाल प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड अनुदान

सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गरा. . .


डेडिकेटेड शैक्षिक टेलिभिजन खोलेर पढाउने याेजना छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा ग�. . .


जुम्लाको जिल्ला कारागारमा संक्रमण

जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला काराग�. . .


नमस्कार अभियानमा ट्राफिक प्रहरी

जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपाल�. . .


पितृपक्ष शुरु : घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर . . .


कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क�. . .


प्रदेश नं १ मा सङ्क्रमित तीन हजार, के छ अरु प्रदेशको अवस्था ?

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीम�. . .


बिजुली खपत बढाउने उपाय खोज्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले तत्काल विद्युत्को उपभोग बढाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । इप्पानले विद्युत् उपभोग बढाउँदै बिक्रीका लागिसमेत मार्ग प्रशस्त गर्ने व्यावहारिक कार्यक्रम जरुरी रहेको बताएको छ । चालू आवको अन्त्यसम्म नेपालको विद्युत् प्रणालीमा थप ए. . .


यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान

सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थ. . .