देशको खबर

अदालत परिसरबाट फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो । जिल्ल. . .


सरकारले फेरि बढायो इन्धनको मूल्य : पेट्रोल १९९ पुग्यो

विराटनगर । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो। निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्�. . .


राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

काठमाडौँ । विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधयेक २०७६ र प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधयेक २०७६ सभासमक्ष पेस गर्नुभएको ह. . .


अमेरिकाद्वारा नेपाललाई करिब २२ लाख खोप अनुदान सहयोग

काठमाडौँ । नेपाललाई संयुक्त राज्य अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको. . .


डुम्रे–बेँसीशहर खण्ड १२ घण्टापछि सञ्चालनमा

तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्व बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्व भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा �. . .


आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेकोे रिट निवेदनमा आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । उक्त रिटको यही असार १३ गते सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमा. . .


जिसस म्याग्दीमा एमाले विजयी

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जा. . .


सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रम’ �. . .


टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चन्द्रौटा । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको. . .


मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदे�. . .


पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरु. . .


जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

काठमाडौँ । विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–�. . .