२०५२ बमोजिम २०७६ साल फागुन र चैत महीनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर फागुनको चौमासिक कर विवरण बुझाउन करदातालाई ताकेता गरेको थियो । विभागले मंगलवार जारी गरेको सूचनामा जेठ २५ सम्म राजस्व नबुझाएमा सामान्य अवस्थामा जस्तै अर्को दिनदेखि जरीवाना लाग्ने भनिएको छ । उक्त सूचना प्रकाशित भएपछि उ�. . .
डोटी जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ ।. . .
कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले कोरोनाको सङ्क्रमणका कारण भारतबाट नेपाल आउनेहरूको व्यवस्थापनका लागि स्थानीय तहले निर्माण गरेका मापदण्ड विपरीतका क्वारेन्टिनबाटै सङ्क्रमण फैलने चिन्ता बढ्न थालेको बताएका छन् । डा अवस्थीले पछिल्लो समय कोरोनाको तीव्र सङ्क्रमणक�. . .
शरद शर्मा काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोज. . .
नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् । मंगलबा थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् । हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण. . .
वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल ए. . .
काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु सबैला�. . .
सप्तरी, जेठ २० । सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्न थालिएको छ । संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि र अन्य अस्पतालमा आइसोलेसनको अभाव भएपछि साईकृणा अस्पतालमा राखिएको हो । राजविराजस्थित गजेन्द्रन�. . .
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठक पाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीक�. . .
बितेको २४ घण्टामा २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ वर्षे बालिकासहित २ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । विराटनग�. . .
पछिल्लो चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसक. . .
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै विश्वविद्यालयका कुनैपनि शैक्षिक गतिविधीमा संलग्न नहुने घोषणा गरेका । यसअघि उनीहरुले बन्दाबन्दीमा अनलाइन कक्षा लिइरहेका प्राध्यापकलाई भत्ता दिन र २०७४ सालमा नै मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार करार गर्न माग गर. . .