देशको खबर

तमोर कोरिडोर निर्माण स्थगित, चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी

दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको क�. . .


अपिहिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छात�. . .


प्रधानमन्त्रीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्�. . .


एकैदिन ८,८४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस स�. . .


वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् छः डा कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताउनुभएको छ । महामन्त्री डा कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोक�. . .


निषेधाज्ञामा पनि स्वास्थ्य संस्था धाउँदै गर्भवती

कोभिड­१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाइरहेको छ । आमा बन्न स्वास्थ्य संस्था धाउने गर्भवतीको सङ्ख्यामा गिरावट आए�. . .


कोरोनाबाट बचाउने भन्दै अनुष्ठान !

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ । जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्. . .


कोरोना कहर : यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् । कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा राकिएको हो । �. . .


सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी

कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो । कोरो. . .


संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्र. . .


आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

काठमाण्डौ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलन अनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न काठमाडौँ उपत्यका तीनै शहरका भक्तजन बुङ्�. . .


आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

काभ्रे पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्ण�. . .