देशको खबर

पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ जनामा सङ्क्रमण

पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पोखरा म�. . .


हुम्लाकाे सामुदायिक वनमा भिषण आगलागी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा सा�. . .


प्रशिक्षणमा आएका राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाइ कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्�. . .


दशैँ मनाउन घरमा आएका अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई विहिबार पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायँ सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । अदालतको फैसलापछि उनी फरार थिए । दशैँ मनाउन घरमा आएका बे. . .


सरकारकाे सुरक्षित आवास कार्यक्रम : गरिबका खरको छानो हटाइ जस्तापाता हालिदै

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ . . .


धान खेतमा माछापालनबाट चार महिनामा ३ लाख बढी आम्दानी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी ३ लाख बढी आम्दानी गरेका छन्। जेकेए पशुपंछी तथा मत्स्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा सो आम्दानी गरेका हुन्। उनले एक बिघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलग�. . .


दुईपटक शून्य संक्रमित भएकाे जुम्लामा पुनः सङ्क्रमण बढ्यो

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थि�. . .


नेपालमा कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड दिने

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्ध�. . .


धान खेतमा फालेको अवस्थामा भेटियो ३ सय स्मार्ट लाइसेन्स

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको ख. . .


तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । �. . .


शौचालय अभावले बढाए बलात्कारका घटना

एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् । सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच . . .


अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

डाेटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका. . .