देशको खबर

पक्राउ परे नक्कली डिएसपी, पीडित खोज्दै प्रहरी

विराटनगर । प्रहरीलाई नै झुक्याउँदै आफूलाई प्रहरी नायव उपरीक्षक डीएसपी भएको धाक लगाउँदै आएका एकजना महानगरीय अपराध महाशाखाको नियन्त्रणमा परेका छन् । नेपाल प्रहरीको डाक्टर भएको भन्दै प्रहरीको पोशाक लगाएको फोटो खिचेर फेसबुकमा अपलोड गर्ने काठमाण्डौं तार्केश्वर नगरपालिका–६ का ४४ वर्षीय कृष्णप्रसाद ढ�. . .


एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आउनुभएका उहाँ चिकित्सकको सल्ल. . .


एसइईको नतिजा साउन दोस्रो साता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा स. . .


प्रदेश नं २ : नीति तथा कार्यक्रम पारित

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आईतबार पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । त्�. . .


ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे . . .


नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको विकासशील देश गर्ने प्रस्ताव पेश हुने

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महा. . .


रसुवागढी नाकाबाट १० हजार थान सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा. . .


डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक-एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्�. . .


मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फ�. . .


पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त वक्तव्य : आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द होस्

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द हुनुपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीहरुले शनिबार संयुक्त वक्तव्यमार्फत यस्तो अपिल गर्नु भएको हो । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट. . .


आफ्नै भाइको हत्या आरोपमा दाजु पक्राउ

आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् । गत बुधबार घरमा कूलदेवताको स्थान र पूज�. . .


यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल �. . .