देशको खबर

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा

नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ । खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बङ्गालको खाडीमा र मध्य �. . .


सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ । यस्�. . .


उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिनुभएको हो । त्यसपछि गृहमन्त्री खाँडले विपद्. . .


महाकाली नदीको बाढीमा फसेका पाँचजना रुखमा : उद्धारको आग्रह

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन्. . .


एमालेको नयाँ मापदण्ड : प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने

काठमाण्डौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले प्रतिनिधिको हकमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने मापदण्ड तय गरेको छ । असोज १५ देखि १७ गतेसम्म भएको महाधिवेशनले विधान संशोधन गर्दै सो मापदण्ड तोकेको हो । संशोधित विधानको धारा ६३ यो व्यवस्था गरिएको छ । यस्तै धारा ६३ को उपधारा १ मा भने महिला, दलित, श्. . .


गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यक. . .


विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहन�. . .


सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

डोटी जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै स. . .


देशका अधिकांश भू–भागमा वर्षा जारी, कहिले रोकिन्छ झरी ?

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले �. . .


अविरल वर्षाले धानबालीमा क्षति

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको �. . .


प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प�. . .


नदीको बिचमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको सोमबार सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उप�. . .