कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो । मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् । इद संयमता, ध�. . .
सञ्चारमाध्यमलाई सङ्कुचन गर्ने कुनै पनि ऐन नबनाउन पत्रकारले प्रदेश नं ५ सरकारलाई सुझाव दिएका छन् । सञ्चारमाध्यमलाई अङ्कुश लगाउने गरी ऐन बनाउँदा नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबिने भएकाले त्यसतर्फ ध्यान पुर्याउन उनीहरुले आग्रह गरेका छन् । प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज बु. . .
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले �. . .
काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प�. . .
इस्लाम धर्मावलम्बीले बकरिद (इदु उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनाव�. . .
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताउनुभएको छ । पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घर-घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यप. . .
जिल्ला समन्वय समितिको नाउँमा रहेको विभिन्न क्षेत्रको गरी करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ । व्यास नगरपालिका–३ बिसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँ अघिदेखि अति�. . .
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्द. . .
‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । व. . .
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा . . .
अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरे. . .
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स. . .