देशको खबर

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्. . .


संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रि�. . .


सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने. . .


सरकारले जनताका आवाज सुनेन , नेता सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गर्नुभयो । पार्टी पूर्वमहामन. . .


ऐतिहासिक कुलीबराह मन्दिर निर्माण सम्पन्न

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ. . .


हरेक वडामा पुस्तकालय

पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले ‘एक वडा एक पुस्तकालय अभियान’ शुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक पुस्तकालय स्थापना गर्न थालिएको हो । वडा तहमा छनोट भएका कुनै एक विद्यालयमा प्राथमिक पुस्तकालय स्थापना हुनेछ । पाठ्यक्रममा मात्रै आधारित सि�. . .


सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो ,प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि न. . .


नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारत�. . .


पालमुनि बस्दै सशस्त्र प्रहरी

विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्ष. . .


राप्ती नदिमा १० वटा गोही छोडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडि. . .


बालिका बलात्कार आरोपितलाई आठ वर्ष कैद

एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षक�. . .


परीक्षण कम हुँदा सङ्क्रमण पनि कम

कोभिड–१९ को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा सङ्क्रमण देखिएको छ । आइतबार पाँच हजार १८१ नमूना परी. . .