देशको खबर

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम �. . .


अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

पोखरा । नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूताव�. . .


प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनुभएको छ । नयाँबानेश्वरस्थ�. . .


देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताएका छन्। बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकल. . .


विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधि�. . .


प्रतिनिधिसभाको बैठकमा विपक्षीको निरन्तर अवरोध, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित भएको हो । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित . . .


आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको �. . .


प्रधानमन्त्री केपी ओली चैत १९ गते थाइल्याण्ड जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । यही चैत �. . .


जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…

जमुना वर्षा शर्मा/रासस पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिनुभएको थियो, उतिनै उहाँका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए । केही वर्षअ�. . .


संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् । प्रतिनिधि�. . .


कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए । उनले सरक�. . .


कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । आज (बुधबार) बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्�. . .