देशको खबर

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । मंगलबार समितिको १६९ औं बैठक दिनको १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको हो । आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।. . .


संविधान संशोधन गरी प्रदेश सबल र देश समुन्नत बनाउने : सभापति थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ । कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलिय�. . .


स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सोमबार बोर्डले ,बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो । बोर्डका अनुसार पुस २४ को बोर्डको नि�. . .


मोरङ क्षेत्र नं. ५ मा चुनावी चहलपहल तीव्र, मतदातामा फरक–फरक धारणा

सोनु साह विराटनगर। चुनाव नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. ५ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा जस्तै यहाँ पनि मतदाताहरू आफ्ना उम्मेदवारका विषयमा खुलेर छलफल गर्न थालेका छन्। चियापसल, बाटोघाटो, चौक–चौतारी तथा छरछिमेकमा चुनावी चर्चा चुलिँदै गएको छ। क्षेत्र नं. ५ का मतदाता र. . .


एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएक छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक �. . .


कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

काठमाडौं । चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । माघ १ गते रिलिज फिल्म ‘गोबर गणे�. . .


संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्या�. . .


वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे. . .


कोरोना र भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ । पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्�. . .


वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

रौतहट । वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना स�. . .


सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो

सिरहा । सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् । प्. . .


सनम ह*त्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेलाई थप दश वर्ष कैद

विराटनगर। ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप �. . .