देशको खबर

सुनसरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २० घाइते

विराटनगर । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका– ३ फुलचोकमा आज बिहान सवारी दुर्घटना हुँदा २ यात्रुको मृत्युभएको छ भने २० जना घाईते भएका छन् । ईटहरीबाट पश्चिमतर्फ जादै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।   दुर्घटनामा परि २ यात्रुको घटना स्थलम�. . .


गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्. . .


आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै  समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यक. . .


प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भे�. . .


प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ जिल्लामा कवित कट्वाल

विराटनगर । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । हाल जिल्ला प्रहरी कार्यालय मोरङमा नारायण प्रसाद चिमरीया रहेको स्थानमा कवित कटुवाल आउने भएका छन् । त्यसैगरी सुनसरीमा केव�. . .


तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन् । जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा . . .


क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्त�. . .


जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्वपूर्ण स्थान ?

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् । सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गी. . .


जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ । जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेक�. . .


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रछाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धा. . .


राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले �. . .


कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डका अनुस. . .