देशको खबर

मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूतबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्�. . .


सुनसरीको बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते विहान ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको वि आर ११ �. . .


जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फ. . .


विराटनगरमा ट्राफिक प्रहरीसंग विवाद गर्दै हातपात गर्न खोज्ने २ जना पक्राउ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीमाथी वादविवाद गर्दै हातपात गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. स्थित ७ जैन भवन अगाडि बुधबार राती ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई चेकजाच गर्ने क्रममा वादविवाद भएको थियो । जिल्ला प्र�. . .


११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

काठमाडौं । सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् । नेपालमा २०५९ साल असोज १० गते मुलुकी ऐनको ११औं संशोधनमार्फत गर्भपतनलाई कानूनी मान्यत�. . .


आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र

आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी �. . .


नेपाल प्रहरीमा खुल्यो भर्ना

काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो । . . .


धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

धरान। सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर . . .


विराटनगर ८ मा ८ जना जुवाडे नगद सहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले तास खेलिरहेको गोप्य सूचनाका आधारमा बिहीबार साँझ ६ः३० बजेतिर छापा मारेर उनीहरूलाई नियन्त्रण. . .


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै . . .


दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म स�. . .


नवरात्रको पाँचौं दिन : आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पाँचौ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको पूजा आराधना गरिएको छ । शुक्रबार असोज शुक्ल चतुर्थी तिथि परेकाले दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी कुष्माण्डा देवीको चौथो दिन र पाँचौं देवी स्कन्दमाताको पाँचौं दिन पूजा आर�. . .