देशको खबर

मन्त्री सिंह र चौधरीले गरे टियू क्रिकेट मैदान क्षेत्रको अवलोकन

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोलीले बिहीबार बिहान कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् । उक्�. . .


प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा समय मागेर सांसदहरुले विभिन्न विषयमा धारणा राखिरहनुभएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । यस्तै उपप्रधानमन्त�. . .


सिरहामा महायज्ञका लागि दलित परिवारको घर मात्र नभई माटो समेत फालियो

राहुल राय/नेपाल न्यूज बैंक सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालि�. . .


अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन् । बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रा. . .


पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ. . .


एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयार�. . .


बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभामा सर्वसम्मतिले पारि�. . .


नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहा�. . .


स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माल�. . .


तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहा. . .


राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र . . .


एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अ�. . .