देशको खबर

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन् । राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चि. . .


हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल क. . .


शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौँ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्र. . .


काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठा. . .


मधेशको कामकाजको भाषामा ‘थारु भाषा’ नसमेटिएपछि मन्त्री लेखीले जनाए आपत्ती

जनकपुर । मधेश प्रदेश सरकार गठन भएको करिब सात वर्षपछि प्रदेशको कामकाजको भाषा निर्धारण गर्न प्रदेशसभामा विधेयक प्रस्तुत भएलगत्तै विवाद उत्पन्न भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक पेस हुँदा त्यसमा थारु भाषा नसमेटिएको भन्दै गृहमन्त्रीले नै आपत्ती जन�. . .


सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्याय�. . .


सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले २०२५ देखि २. . .


नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ । गत सोमबार लहा�. . .


विराटनगरमा डाक्टर शेखर भने–दुई दलले मात्रै संविधान संशोधन गर्न मिल्दैन

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् । कोइराला निवास व�. . .


सशस्त्र प्रहरी बल २४ औँ वर्षमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यव. . .


रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदै छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन. . .


बीवाईडीको माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो । एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछ�. . .