देशको खबर

राज्यले नै नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गरिदियो : इस्लाम मियाँ

संख्यात्मक रुपमा पहाडमा बसोबास गर्ने पहाडी मुस्लिमको संख्या न्यून छ । राज्यले विभाजन गरिदिएको अवस्था छ । मधेसी, पहाडी र उपत्यका मुस्लिम गरी नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गराइएको छ । पहाडीहरुप्रति थोरै विभेद भएको छ । इस्लाम मियाँ वरिष्ठ उपाध्यक्ष नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय क�. . .


२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारा. . .


महोत्तरीको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना

जलेश्वर (महोत्तरी) । यहाँको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थ. . .


अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचा�. . .


लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’

काठमाडौँ । लोक सेवा आयोगले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समेटिनुपर्ने विषय बारे समितिलाई अवगत गराएको छ । कर्मचारीतन्त्रले निर्वाह गर्नुपर्ने जवाफदेहिता र वृत्ति�. . .


जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउ�. . .


एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पु¥याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कदमले अमेरिका र. . .


नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ : पर्वतारोही शेर्पा

काठमाडौं। कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम. . .


निरन्तर घट्दै टेलिकम सेवा प्रदायकको राजश्वमा योगदान

कमल कुमार बस्नेत/रासस काठमाडौँ । पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०१५ सम्म छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटा सेवा प्रदायक मात्र अस्तित्�. . .


एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्�. . .


उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्वपूर्ण संकेत भएको बताएका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यक�. . .


मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प

काठमाडौँ । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी क�. . .