काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाई हाजिर गर्न जाँदा घम्साघम्सी

<span class='c1'>काठमाडौं महानगर भित्रको विवाद सतहमा,</span> <span class='c2'>गुरागाई हाजिर गर्न जाँदा घम्साघम्सी</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई आज(बिहीबार) कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ ।

तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरुको सहायतामा हाजिरी गराइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि विहीबार उनी महानगरपालिका पुगेका हुन् । गुरागाई कार्यालय पुग्दा मेयर साहले गुरागाईलाई रोक्नको लागि नगरप्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए । सोही क्रममा कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलामठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरुसहित कर्मचारी बैठक बसेका थिए । अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् । उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् । डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाई हाजिर गरेर मन्त्रालय आएका थिए ।
मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2