देशको खबर

कांग्रेसले ग¥यो एमालेसँग भएको समझदारी अनुमोदन

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई स्वागत गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश शरण महतले जानकारी दि�. . .


कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : नेता डा.कोइराला

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश. . .


आजदेखि नूनको मूल्य बढ्यो

काठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो । कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।अब आयो नुन एक केजीको प्याकेटको २६ रुपै�. . .


यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्. . .


कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमत. . .


‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पक्षपात हुँदैन्’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विकास सचिव डा. दीपक कुमार खरेलले व्यावसायिक फलफूल खेती विस्तारको लागि सरकारको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत क्रियाकलापहरु देशभर सञ्चालन भएको बताएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको फलफूल खेतीक. . .


उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हु. . .


प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘बैठकमा प्�. . .


रास्वपा नयाँ सरकारमा नजाने, मन्त्रीहरुलाई फिर्ता बोलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् . . .


कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति. . .


कांग्रेस–एमालेको सहकार्यप्रति बालेनको व्यङ्य

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्य गरेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले ल. . .


एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण. . .