देशको खबर

तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएको समेत बताएका छन् । बुधबार विश्व व. . .


विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खो. . .


प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजे�. . .


आइसीसी टी–२० विश्वकप : रन र विकेटमा खेलाडीलाई युरो पेन्ट्सको नगद पुरस्कार

काठमाडौँ । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको दिने घोषणा गरेको छ । जसअनुसार खेलाडीले प्रति रन ३०० रुपैयाँ पुरस्कार पाउने भएका छन् । यस्तै प्रत्येक चौकामा १ हजार रुपैयाँ, छक्कामा ३ हजार रुपैयाँ तथा अर्ध सतकमा ५० �. . .


मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

मुगु । कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्र�. . .


समाचार टिप्पणीः रास्वपाको ‘नेपाली क्रिकेट टिम’ को सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडिको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो । जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरु�. . .


रकम ठगी वा असुली कार्यमा संलग्न आठ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधव नारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो । विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्र. . .


कांग्रेसले उत्ताउलोपन देखायो : सांसद योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए । ‘कांग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थि. . .


कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न सांसद सुवालको माग

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुस. . .


जर्सी लगाएका सांसद झाले भने, ‘सच्चा देश क्रिकेट टोलीमा मात्रै छ’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक . . .


पर्वतारोही निर्मल पूर्जालाई नेपाल आउन रोक लगाउन सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले �. . .


मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार. . .