देशको खबर

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको प�. . .


६ संसदीय समिति बैठक आज

काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दैछ । सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्तर्गतका समिति र दुई वटा राष्ट्रियसभा अन्र्तगतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन स. . .


गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो । उ�. . .


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया जमानतमा छुटे

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्। अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रह�. . .


अध्यक्ष ओली भन्छन् ‘एमालेलाई चुनावमा महिलाले जोगाए’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेचुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्। काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीला. . .


अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ्ग हिलारी पुरस्कार ४ जनालाई

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित गरेको छ । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो । शेर्पालाई पाँच दशकदेखि पर्यटन �. . .


सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरो. . .


नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्नका लागि उच्चस्तरीय आयोग गठन गरेर विज्ञहरुसँग विगतको कामको सम�. . .


आज छैठौं राष्ट्रिय महिला अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज छैठौँ राष्ट्रिय महिला अधिकार दिवस । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ । वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण ग�. . .


सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिव�. . .


सन्दीप लामिछाने नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको �. . .


बजेटमा बढेन प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान

काठमाडौं । संघ सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेश र स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको रकम आगामी वर्षका लागि घटबढ गरेको छैन । अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार संघ सरकारले आगामी आर्थिक �. . .