देशको खबर

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डि�. . .


सुरक्षण कोषको रकम लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु.२१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले �. . .


१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाइ

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई ब�. . .


प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्न�. . .


‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दाङका किसान

देउखुरी । घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलो भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घा�. . .


नेपालमा ओमिक्रोनको ‘सव–भेरियन्ट’ बी.ए.२ सक्रिय

काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोन बी.ए.–२ संक्रमण फैलिएको दावी छ । ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ संक्रमण सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठनले जनाएको हो । ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताएका हुन् । नेपालका . . .


उद्योग दर्ता गर्ने बढे, छ महिनामा १५४ उद्याेग दर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भए. . .


स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षड्यन्त्र भइराखेको आरोप समेत लगाउ. . .


मधेस प्रदेश : खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएक�. . .


गृहमन्त्रीद्वारा शान्तिसुरक्षाको विषयमा प्रजिअसँग जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीस�. . .


आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.१८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला ग. . .


बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५००ले बढेर रु.९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९२ हजार २०० कायम भएको छ । जसको म�. . .