समाचार

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

काठमाडौँ । लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको . . .


नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौँ । आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ । आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय �. . .


कोशी अस्पतालमा ज्येष्ठ नागरिक र असक्तका लागि छुट्टै टिकट काउण्टर

विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि ल�. . .


हर्क साम्पाङविरुद्ध उच्च अदालत विराटनगरको अल्पकालीन अन्तरिम आदेश

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध उच्च अदालत विराटनगरले दयार रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जार�. . .


बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

सप्तरी । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरे�. . .


‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्टरुपमा सुदृढ तुल्याइएको छ ।” राष्ट्रियसभा, राष्ट्रिय सर�. . .


आफैँ ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गर. . .


केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल

दाङ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले समाजवादी मोर्चा �. . .


नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन उहाँका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्र�. . .


पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने विद्यार्थी नेता पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कोलोमोसो दलेको घटनामा संलग्न एक जना विद्यार्थी नेता पक्राउ परेका छन् । आयोगका अध्यक्ष महेश दाहालमाथि उक्त घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ । आवश्यक अनुसन्धान . . .


नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्रै गर्छन रक्तदान

काठमाडौँ । वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला ह�. . .


चलचित्र भवनमा छैनन् दर्शक

काठमाडौँ । यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए । त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन् । य. . .