समाचार

ताप्लेजुङमा पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सू�. . .


सिरहाको लहानमा डिभाईडरमा विद्यालय बस ठोक्किदा आगो लाग्यो

लहान । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कुल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्य�. . .


प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता डेढ घण्टापछी सुरु

विराटनगर । सोमबार बिहान ८ बजे बाेलाइएकाे प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता झन्डै डेढ घण्टा पछाडि सुरू भएकाे छ । वार्ताका लागि आन्दोलनरत पक्षकाे वार्ता समिति ढिलाे आएपछि वार्ता ढिलाे भएकाे हाे । वार्ता अगाडि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेण्डा तयार गरेक�. . .


मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य. . .


संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ (नाम सहित)

संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको. . .


ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता, पाँच दिनदेखि लगातार वर्षा जारी

ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता भएका छन् । सिदिंवा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको स्थानीय कमल कडरियाले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मुकुभञ्ज्याङ भन्ने स्थानमा �. . .


झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहारा

बनियानी । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय वन �. . .


पुरुष बास्केटबल : नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो . . .


कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् । निजले ताराबहादुर वलीलाई वैदेशिक रोजगा. . .


समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ । आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझ�. . .


मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

खोटाङ । विद्युतको मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, १�. . .


नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव �. . .