विश्वकप फुटबल छनोट : नेपालले आज लाओससँग खेल्दै

<span class='c1'>विश्वकप फुटबल छनोट :</span> <span class='c2'>नेपालले आज लाओससँग खेल्दै</span>

काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले आज लाओससँग खेल्दैछ ।

वियनतियानेस्थित लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ ।

काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह 'एच' मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अब गोलको फाइदा लागू हुने छैन ।

दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछ । त्यसको लागि नेपालले एसिया क्षेत्रको छनोटको पनि प्रारम्भिक चरण खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्