समाचार

हराएका १२१ मोवाइल हाता लाग्यो

विराटनगर । मोरङमा बैशाख महिनामा मात्रै हराएका २१ मोवाइल प्रहरीले बरामद गरेर सम्बन्धित धनीको हाता लगाई दिएको छ । विभिन्न समयमा हराएका मोवाइल खोज तलास गर्ने क्रममा फेला पारेपछि धनीलाई फिर्ता गराइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष �. . .


मोरङ रतुवामाईमा लागुऔषध कारोबारीमाथि गोली हानेर नियन्त्रण

विराटनगर । मोरङ प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिइएको छ । मोरङको रतुवामाई–६ रातुपाडामा भारतीय नागरिक भगिरथ हरिजनमाथि गोली चलाएको हो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद भएको छ । कारोबार गरिरहेको सुचना आधारमा ला�. . .


चालु आवको दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक व�. . .


विराटनगर महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखा सम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशे. . .


‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक संकट हुने अवस्था नआओस्’

काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने बताएका छन् । नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु पूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले . . .


विचार:अदालत र प्रदेश सरकारका संसदीय अभ्यास

–डा. सुरेश आचार्य कोशी प्रदेश र गण्डकी प्रदेश सरकारबारे संयोगले सर्वोच्च अदालतलको दुई फरक बेञ्चले एकै दिन आदेश दिएका छन् । एउटा इजलाशले कोशी प्रदेश सरकारका काम कार्वाहीमा रोक लगाउन अन्तरीम जारी गर्न नपर्ने आदेश गरेको छ । अर्को इजलाशले दीर्घकालीन महत्वका कुनै पनि कामकाज नगर्न अन्तरीम आदेश जारी गरेको �. . .


इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसक�. . .


कांग्रेसले नीति तथा कार्यक्रम पारित गर्न दिने तर आफ्ना मागबाट पछि नहट्ने

काठमाडौं । नेपाली कांग्रेसले आज संघीय संसदको संयुक्त बैठक भने सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ । मंगलबार सिंहदरबारमा बस. . .


यसरी चल्ने छ आजको संयुक्त सदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ । सभामुख देवराज घिमिरेले १२ः३०. . .


नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पारित

काठमाडौं । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन् । उनले भनिन्,. . .


गणतन्त्र दिवस मैलिक रुपमा मनाउने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक �. . .


गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले तीन महिनादेखि ज्याला पाएनन

झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थ�. . .