समाचार

दशैंको टीकाको साइत : कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ । आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूणर् देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार काठमाडौंमा असोज २६ गते पर. . .


विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता

काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुर�. . .


विराटनगर फर्कदा–फर्कदै छेक्यो रोशी खोलाले

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाण्डौंबाट विराटनगर फर्कदै गरेका धेरै यात्रुहरु बाटोमै रोकिएका छन् । बीपी राजमार्गमा ठुलो क्षति भएपछि काठमाडौँबाट सिन्धुली हुँदै फर्किरहेकाहरु काभ्रे जिल्लाको नेपालथोक आईपुगेर रोकिएका हुन् । पूर्व नेपाल यातायात बस व्यवसाय सेवा प्रा.लि.का अध्यक्�. . .


विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । इप्पा. . .


११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि, बिक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको बिक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ । यस्तै कोलिफर्म भेटिए�. . .


आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन् । चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन् । �. . .


स्वास्थ्य बीमा सुधारका लागि डा.आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समित�. . .


तमोर नदीमा बालुवाले पुरिएको अवस्थामा दुई महिलाको शव फेला

हिले । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान भने खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भईरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिनदेखि �. . .


विराटनगरमा बाढीबाट प्रभावित परिवारहरूको उद्धार कार्य जारी

इन्दु साह विराटनगर । अविरल वर्षाका कारण विराटनगरमा बाढीको स्थिति उत्पन्न भएपछि महानगरपालिकाले तत्काल उद्धार र राहत कार्य गरेको छ । विशेष गरी विराटनगर १२ बखरी क्षेत्रमा केन्द्रित यो कार्यले प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । विराटनगर १२ बखरीका ९ परिवारका ३५ सदस्यलाई स�. . .


हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार

काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हालसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार. . .


मौसम अनुकुल भएसँगै विराटनगर-काठमाडौं हवाई सेवा सुचारु

विराटनगर । विगत ३ दिनदेखी प्रतिकुल मौसमका कारण अवरुद्ध भएको विराटनगर काठमाडौं हवाई सेवा आजबाट नियमित सुचारु भएको छ। विराटनगर विमानस्थलका प्रमुख सुवास झाका अनुसार बर्षा रोकिएका कारण साथै आकाश खुलेपछि आज बिहानैबाट नियमित हवाई सेवा सुचारु भएको हो । गत बिहीबारदेखी परेको अविरल बर्षाका कारण विराटनगर�. . .


सप्तकोशीमा पानीको बहाव घटन थाल्यो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ । सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्�. . .