समाचार

आपलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य

भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्। भारतीय जनत�. . .


अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ गतेदेखि

धरान (सुनसरी) । यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ । आज (शनिबार) इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । इटहरीस्थित रङ्गशाल�. . .


समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको ह�. . .


अरनिको स्कुलमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् । माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताह. . .


विराटनगरको सेन्ट म्यारिज विद्यालयमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगर–२ शंकरपुरमा रहेको सेन्ट म्यारिज माध्यमिक विद्यालयमा विज्ञान तथा कला प्रर्दशनी गरिएको छ । आज कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफैँले बनाएका दर्जनौं उपकरण तथा चित्रकला प्रदर्शन गरेका हुन् । विद्यालयले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अभिभाव�. . .


हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

जेरुसेलम/गाजा । सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अम�. . .


स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वा�. . .


बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । आज (शनिबार) धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो । आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि प�. . .


आख्यानकार पोखरेलको ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श

विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो । तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशि�. . .


अर्किड कलेजद्धारा उत्कृष्ट ६० विद्यार्थीलाई ३ लाख बरावरको नगद पुरस्कार प्रदान

विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो । विज्ञान तथा मेनेजमेन्ट संकायका कक्षा ११ र १२ मा उत्कृष्ट १५ भित्र पर्ने ६. . .


विराटनगरमा सवारी दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर

विराटनगर । विराटनगर-१० सोमबारे चोकमा शनिबार दिउँसो मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणतर्फ दिउँसो १:३० बजेतिर यो दुर्घटना भएको प्रहरीले जनाएको छ। प्�. . .


केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन् : चन्द्र ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आ�. . .