विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .
विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो । विराटनगरको आम्दानी घट्दो विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोम. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएक. . .
इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लाग�. . .
विराटनगर । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै खोटाङको गंगा गौतम र रमेश आ�. . .
खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक जना प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षीय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट बिहिबार दिउँसो खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखे�. . .
झापा । इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ झापा गाउँपालिका-१ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हु�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको तालिम केन्द्रमा बिहीबार विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धित डेमो प्रदर्शन भएको छ । सात दिने अनुशिक्षण तालिम सम्पन्न गरेपछि आगलागीका समयमा उद्धार तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय रहेको थियो । प्रहरीले बर्खा लागेपछि संभावित आगलागी जोखिमका बारेमा ड. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेका थिए । ठुली आम. . .
विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन याद. . .
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति ११:४५ बजेतिर द. . .
विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सप्ताहको उदघाटन गर. . .