अन्तराष्ट्रिय

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका. . .


१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले जनाएको छ । टर�. . .


अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जना�. . .


गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् । साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र. . .


मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको मंगलबार पुष्टि भएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, “मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ ।�. . .


भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्. . .


युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो । स�. . .


रुसले अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ । ‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,’ दूतावासले फेसबुकमा लेखेको छ, यो तनाव उत्प�. . .


क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले सोमबार आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभएको छ– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्�. . .


भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजा. . .


रुसमा एक लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जन. . .


बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो । . . .