अन्तराष्ट्रिय

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

ब्राजिलमा दुई दिन यतादेखि भीषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित छ । �. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोर�. . .


चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण सुरु गर्नुभएको छ । लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्�. . .


बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्र�. . .


दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै स�. . .


अफगानिस्तानमा तत्कालै तीन अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आ�. . .


उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ । यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो । चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामा. . .


चीनको सहयोग लाओस आइपुग्यो

चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताउनुभएको छ । खोपहरु�. . .


साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानबीच भेटवार्ता भएको छ । साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय चासो, सरोक�. . .


भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसै �. . .


दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । य�. . .


फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना सङ्क्रमित

फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन् । फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा सङ्क्रमण देखिएको बताइएको हो । फ्रान्सका सर. . .