अन्तराष्ट्रिय

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहे�. . .


भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका. . .


१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले जनाएको छ । टर�. . .


अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जना�. . .


गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् । साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र. . .


मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको मंगलबार पुष्टि भएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, “मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ ।�. . .


भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्. . .


युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो । स�. . .


रुसले अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ । ‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,’ दूतावासले फेसबुकमा लेखेको छ, यो तनाव उत्प�. . .


क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले सोमबार आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभएको छ– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्�. . .


भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजा. . .


रुसमा एक लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जन. . .