महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दावी

महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दावी

कतार एयरवेजले आर्थिक बर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।

कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९–२०२० को राजस्व सङ्कलनभन्दा गत बर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको छ ।

“विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणामको श्रेय हो,” विज्ञप्तिमा भनिएको छ ।

कतार एयरवेजले भनेको छ, यसले ‘ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र यसका विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरह्यो ।

“यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो,” एयरलाइनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्