अन्तराष्ट्रिय

कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी

ढाका । बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुन�. . .


इजरायल–हमास युद्धमा अहिलेसम्म करिब २३ हजारको मृत्यु

काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् । आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरुको रिहाईको लागि इजरायलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् �. . .


जापान भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं । जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराको रिपोर्टका अनुसार जापानले झण्डै आठ . . .


बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्दै

काठमाडौं । चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्न थालेका छन् । शुक्रबार बंगलादेशको बेनापोल क्षेत्रमा बेनापोल एक्सप्रेसको चारवटा डिब्बामा आगलागी भएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । रेल आफ्नो गन्तव्यमा पुग्न लाग्दा राजधानी ढाकाको कमलपुर रेलवे स्टेशनमा रेलमा आगलागी भएको थि�. . .


गाजामा मृत्यु हुनेको सङ्ख्या २२ हजार ७२२ पुग्यो

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्य�. . .


सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगान�. . .


जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता

काठमाडौं। मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तीव्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म �. . .


युक्रेन आक्रमणमा रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी

वासिङ्टन । उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रुसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रुसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिर�. . .


इयुले रुसी हीरा उत्पादक अलरोसामाथि प्रतिबन्ध लगायो

काठमाडौं । युरोपेली सङ्घ (एयु) ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ । अलरोसालाई विश्वको सबैभन्दा ठुलो हीरा उत्पादक भनिन्छ । जसले रुसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ । इयुले मस्कोमा हालसम्म १२ चरणको प्रतिबन्ध ल�. . .


गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

रामल्लाह । इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ । ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र ‘प्यालेस्टाइन प्रिजनर्स क्लबले’ संयुक्त विज्ञप्ति ज. . .


म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

याङ्गुन, म्यान्मा । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानुनको प्रावधान बमोजिम सजा�. . .


जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमबार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितर. . .