अहमदाबादमा विमान दुर्घटना : राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन

<span class='c1'>अहमदाबादमा विमान दुर्घटना : राहत र</span> <span class='c2'>उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन</span>

एजेन्सी । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएपछि चौतर्फी प्रतिक्रिया आइरहेको छ । उडानका यात्रुहरूको सूची पनि सार्वजनिक गरिएको छ ।

घट्नापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मोहन नायडू र गृहमन्त्री अमित शाहसँग संवादगरी राहत र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री मोदीले उनीहरूलाई अहमदाबाद जान र हवाई दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न आग्रह गरेका छन् । विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू विमान दुर्घटनाको खबर पाएपछि अहमदाबाद पुगेका छन् । विमानमा चालक दलका सदस्यहरूसहित २४२ जना सवार विमान दुर्घटना लगत्तै घटनास्थल पुगेको राहत तथा उद्धार टोलीले उद्धार कार्य सुरु गरेको छ। दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको सूची सार्वजनिक भएको छ ।

विमान बिहान १ः३८ बजे अहमदाबादको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको लागि उडेको थियो । विमान बिहान १ः४० बजे दुर्घटनाग्रस्त भएपछि अहमदाबादको आकाश धुवाँले ढाकिएको थियो। अहमदाबाद विमानस्थल नजिकै रहेको डाक्टरहरूको होस्टेलमा विमान ठोक्किएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए। अहमदाबादका वरिष्ठ प्रहरी अधिकारीले दुर्घटनास्थलको लगभग ७० प्रतिशतदेखि ८० प्रतिशत भाग खाली गरिएको बताए।
गुजरात सरकारले गान्धीनगरबाट विमान दुर्घटना स्थलमा ९० जना कर्मचारीहरू सम्मिलित तीन राष्ट्रिय विपद् प्रतिक्रिया बल परिचालन गरेर सुरक्षित र प्रभावकारी उद्धार कार्य जारी राखेको छ ।

अहमदाबाद शहर प्रहरीले प्रहरी आपतकालीन सेवाहरूको लागि र विमान दुर्घटनासँग सम्बन्धित आवश्यक जानकारी प्राप्त गर्न आपतकालीन नम्बर जारी गरेको छ । विमानदुर्घटनापछि सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अवरुद्ध भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्