अन्तराष्ट्रिय खबर

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउन�. . .


भारतमा कोरोनाका चार करोड ३१ लाखभन्दा बढी सङ्क्रमित

भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको �. . .


उत्तर कोरियामा एक जनामा कोभिड सङ्क्रमण भेटियो

उत्तर कोरियामा एक जनामा कोभिड १९ को सङ्क्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो । सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही व. . .


चीनको राजधानी बेइजिङमा शून्य–कोभिड नीति

चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्द. . .


पछिल्लो २४ घण्टामा मलेसियालमा दुई हजार बढी सङ्क्रमित

मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १ सय ५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी, गएको २४ घण्टा यतामात्र यहाँका सङ्क्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् । यहाँ अहिल. . .


उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ । पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ । रासस / एएफपी फोटो:फाईल. . .


विश्व : श्रीलंकामा पुनः आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक संकटलाई लिएर शुक्रबार व�. . .


भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ५४५ नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइर�. . .


अफगानिस्तानमा खाद्य सङ्कट

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गतवर्ष अगस्टमा तालिबानले अफगानि. . .


चीनको हुनान प्रान्तमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ । त्यस�. . .


भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नुभएको प. . .


युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० म. . .