गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु

<span class='c1'>गाजाको अस्पतालमा भएको रकेट</span> <span class='c2'>आक्रमणमा ५०० जनाको मृत्यु</span>

गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, “सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु । अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रसंघको परिसरलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित गरिएको छ ।”

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्